काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज (सोमबार) क्यानडाको सामना गर्दैछ।विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाल र क्यानडाबीचको खेल अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ। नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो।
२ खेलमा ४ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहेको छ। समान खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ। क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ। समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।