काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित हात पारेकोे छ। आइतबार राति सम्पन्न खेलमा बायर्नले ग्रेउथेर फुर्थलाई ४–१ गोल अन्तरले हराएको हो।
बायर्नले सुरुआती अग्रता उल्ट्याएर जित निकालेको हो। खेलको ४२ औं मिनेटमा ब्रानिमिरले गोल गर्दै फुर्थलाई अग्रता दिलाएका थिए।
खेलको ४६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १–१ को बराबरीमा ल्याए। खेलको ६१ औं मिनेटमा सेबास्टियनले आत्मघाती गोल गरेपछि बायर्न २–१ ले अघि रह्यो।
खेलको ८२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४–१ को जित दिलाए।
जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलमा ५५ अंक जोडेको छ।पराजित फुर्थ १३ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।