काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।
लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–० को स्थितिमा पुर्याए।
खेलको ५३ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा ल्याए। ५४औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २–२ को बराबरीमा ल्याए।खेलको ७० औं मिनेटमा फ्रेडले गोल गरेसँगै युनाइटेड ३–२ को स्थितिमा पुग्यो।त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी इलान्गाले गोल गर्दै युनाइटेडलाई ४–२ ले विजयी बनाए।
जितसँगै २६ खेलबाट ४६ अंक जोडेको युनाइटेड लिग तालिकाको चौथो स्थानमा रहेको छ। पराजित लिड्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।