काठमाडौं- मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै न्यूरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
खेलको २६औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए। एरिक विष्टको फ्रिकिकलाई मेसुके ओलुमोउले पेनाल्टी बक्समा पाएको अवसरलाई नियन्त्रणमा लिँदै गरेको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले बचाउन सकेनन्।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्कनेपनि गोल गर्न नसक्दा मनाङले लिगमा लगातार दोस्रो तथा समग्रमा चौथो हार बेहोर्न पुग्यो।
जितसँगै एनआरटीको १२ खेलबाट २० अंक पुगेको छ। समान २० अंक नै रहेपनि मनाङ तेस्रो स्थानमा झरेको छ। एक खेल कम खेलेको आर्मीको १९ अंक छ। थ्रीस्टारको १८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।