भरतपुर– चितवनको भरतपुर महानगरपालिकाका सब इञ्जिनियर ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका–२ आँपटारी घर भएका जीवन पौडेललाई प्रहरीले नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो।
पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।
नाबालिकाकी आमाले पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी छन्।
पक्राउ परेका पौडेल भरतपुर महानगरपालिकामा सब इञ्जिनियरका रुपमा कार्यरत छन्। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नम्बर २९ मा सबइञ्जिनीयर पदमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।