काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएको हो।
मलेसिया र पपुवा न्यू गिनी (पीएनजी) सम्मेलित सिरिज काहाँ हुने र कहिले हुनेबारे भने जानकारी दिइएको छैन।
नेपाली टोली टी२० विश्वकप ग्लोबल छनोटका लागि हाल ओमानमा रहेको छ। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो।
यस्तै, दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।