फाइल तस्बिर।
काठमाडौं– जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि जित हात पारेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले शेर्पामाथि २–१ जित हासिल गरेको हो। जितसँगै जावलाखेलले रेलिगेसन खतरालाई लगभग टारेको छ।
जावलाखेलको जितमा रुपबहादुर लामा र अंगुना जुनियरले गोल गरे। यता, शेर्पाका लागि अृमत श्रेष्ठले गोल गरे। खेलको १५औं मिनेटमा जावलाखेलले अग्रता लिएको थियो। रुपबहादुरको कर्नरमा सिधै गोलमा परिणत भएको थियो।
३२औं मिनेटमा निकोलस फर्नान्डेजको कर्नर प्रहारमा उर्लिचको हेडर पोष्टको थोरै माथिबाट बाहिरिँदा जावलाखेलले अग्रता दोब्बर बनाउने मौका गुमायो।
३७औं मिनेटमा डिबक्स नजिकैबाट निकोलसको प्रहार शेर्पाका गोलरक्षक दिप कार्कीले सहजै बचाए। ४०औं मिनेटमा कप्तान विश्वासको फ्रिकिक प्रहार पोष्टको माथिबाट बाहिरिदा शेर्पाले बराबरीको मौका गुमायो।
७१ औं मिनेटमा शेर्पा खेलमा फर्कियो। विशोन गुरुङको कर्नमार उर्लिच शिवेको हेडरमा आएको बललाई नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल किकमार्फत् बराबरी गोल गरे।
त्यसपछि दबाब बढाएको जावलाखेलले ८८ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो। उसका लागि जुनियरले गोल गरे।
जितसँगै १३ अंक जोडेको जावलाखेल १०औं स्थानमा उक्लेको छ।
जावलाखेलको यो तेस्रो जितसँगै ब्रिगेड ब्वाइज क्लब, पुलिस र फ्रेन्ड्स क्लबमाथि रेलिगसेन दबाब बढेको छ।
नेपाल पुलिस क्लबको ११ अंक छ। अंक तालिकाको १२ औं स्थानमा रहेको फ्रेन्ड्सको १० अंक छ भने ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को ७ अंक छ।
६ अंक मात्र जोड्न सकेको च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ। पुलिस र बीबीसीले २ खेल खेल्न बाँकी छ। जावलाखेल र फ्रेन्ड्ले भने अन्तिम १ खेल खेल्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।