काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको अंकतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित भएको छ।
शनिबार राति सम्पन्न खेलमा सिटीलाई टोटेनहमले ३–२ गोल अन्तरले हराएको हो। सिटीको मैदानमा सम्पन्न खेलको चौथो मिनेटमै डेजन कुलुसेभ्सकीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए। ५९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याएका थिए। इन्जुरी समयको अन्तिममा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को जित दिलाए।
जितसँगै २३ खेलबाट ३९ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ पराजित सिटीको २५ खेलबाट ६३ अंक छ। सिटी शीर्षस्थानमा यथावत् छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।