काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रियल मड्रिडले जित हात पारेकोे छ। लिग तालिकाको शीर्षस्थानमा रहेको रियलले घरेलु मैदानमा डिर्पोेटिभो एलाभेसमाथि ३–० को सहज जित हात पारेको हो।
घरेलु मैदानमा सान्टियागो बर्नबेउमा शनिबार राति सम्पन्न खेलमा रियलको सहज जितमा मार्काे एसेन्सियो, भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले गोल गरे। सबै गोल दोस्रो हाफमा नै भएको थियो।
जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। रियलको २५ खेलबाट ५७ अंक पुगेको छ भने एक खेल कम खेलेको सेभियाको ५० अंक छ।
पराजित एलाभेस २० अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।