काठमाडौं– आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार दिउँसो पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागको थोरै स्थानमा भने मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले जनाएका छन्। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको महाशााको भनाइ छ। साथै, तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।