काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ साविक चैनपुर गाविस-१ घर भएका ४३ वर्षीय रमेश बहादुर पाठकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटन ललितपुरको २०७८ मंसिर २१ गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पाठकलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।