काठमाडौं- क्याफेमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका-४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुबाट नगद १ लाख ३३ हजार २ सय ६० रुपैयाँ र ९ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।