संखुवासभा- आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका-२ बितलब बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।