काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन धामी रहेका छन्।
भैरहवादेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ३८१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार धामीलाई उक्त पदार्थसहित फेला पारी शनिबार पक्राउ गरेको हो।
उनको साथबाट करिब ८ सय ६५ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।