काठमाडौं- यस वर्षको एशियन गेम्समा क्रिकेट पनि समावेश छ। तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे कुनै निर्णय गरेको छैन। पुरुष र महिला टोलीको व्यस्ततालाई ध्यानमा राखेर प्रतियोगितामा सहभागी नगराउने सम्भावना बढेको छ।
एशियन गेम्स सेप्टेम्बरमा हुँदैछ भने टी–२० विश्वकप अक्टोबरमा अस्ट्रेलियामा हुँदैछ। कमनवेल्थ गेम्समा सहभागी भारतीय महिला क्रिकेट टोलीले पनि एसियाली खेलकुद नखेल्ने सम्भावना छ ।
बीसीसीआई सचिव जय शाहले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘एशियन गेम्समा टोली पठाउनेबारे अन्तिम निर्णय हुन बाँकी छ। हामी महिला र पुरुष दुवै टोलीको तालिका हेरेर मात्र निर्णय गर्नेछौं।’
यी खेलहरू महिला टोलीले तीन एकदिवसीय र टी२० खेलका लागि इंग्ल्याण्ड भ्रमण गर्दा हुनेछ। शाहले दुई देशका बोर्डबीचको आपसी सम्बन्ध सुमधुर हुने भएकाले द्विपक्षीय सिरिजलाई प्राथमिकता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।