काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा कप्तान सुजल श्रेष्ठको गोलमा मछिन्द्रले थ्रीस्टारलाई १–० ले पराजित गरेको हो।
यो जितसँगै च्याम्पियन बनिसकेको मछिन्द्रले अपराजित यात्रालाई कायमै राखेको छ। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुजलले पेनाल्टीमार्फत् गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाए।
सब्सिच्युट जीवन गुरुले पेनाल्टी बक्समा अभिषेक गुरुङलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेको थियो।
उक्त निर्णयमा विवादमा उत्रिएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले उनलाई रातो बार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। त्यसपछि सुजलले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।
यो जितसँगै अपराजित रहेको मछिन्द्र १२ खेलबाट ३२ अंक जोडेरको छ। मछिन्द्र शीर्षस्थानमा यथावत् छ।
यता, थ्रीस्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। थ्रीस्टार १२ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।