काठमाडौं- रोहित शर्मा औपचारिक रूपमा भारतीय टोलीको टेस्ट कप्तान बनेका छन्। उनलाई आगामी श्रीलंका टेस्ट सिरिजका लागि कप्तान नियुक्त गरिएको हो।
भारतले घरेलु मैदानमा श्रीलंकासँग टेस्ट र टी२०आई सिरिज खेल्ने छ। उक्त सिरजका लागि ‘आउट अफ फर्म’मा रहेका चेतेश्वर पुजारा र अजिंक्य रहानेलाई टोलीबाट बाहिर राखिएको छ।
छनोट समितिका प्रमुख चेतन शर्माका अनुसार केएल राहुलले वासिङ्टन सुन्दरलाई पूरै सिरिजबाट बाहिर राखेका छन्। यता, शार्दुल ठाकुरलाई आराम दिइएको छ।
शर्माले दुवैलाई श्रीलंकाविरुद्धको टेष्ट सिरिजबाट मात्रै बाहिर राखिएको बताए। उनीहरु रणजी ट्रफी खेलिरहेका छन्।
शर्माका अनुसार रोहितको नेतृत्वपछि केएल राहुल, ऋषभ पन्त र जसप्रित बुमराहलाई भावी कप्तानको रूपमा तयार गरिनेछ।
श्रीलंकाली टोलीले भारत भ्रमणमा तीन टी२० र दुई टेस्ट खेल्नेछ। पहिलो टी२० खेल २४ फेब्रुअरीमा लखनउमा हुनेछ। धर्मशालामा २६ र २७ फेब्रुअरीमा दुई टी२० खेल हुनेछन्।
टेस्ट सिरिजको पहिलो खेल मोहालीमा हुनेछ। यो ४ देखि ८ मार्चसम्म हुनेछ। दोस्रो र अन्तिम टेस्ट १२ मार्चदेखि १६ सम्म बेंगलुरुमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।