फाइल तस्बिर
काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्धको खेलमा नेपाल जिततर्फ अगाडि बढेको छ।
२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको फिलिपिन्सले आफ्नो पाँचौं विकेट पनि गुमाएको छ।
कमजोर सुरुआत गरेको फिलिपिन्सले ११ रन जोडेका जोनाथन हिल आउट भएका हुन। उनलाई अविनाश बोहराले आरिफ शेखबाट क्याच आउट बनाएऽ
त्यसअघि फिलिपिन्सका कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए।
यता, नवौं ओभरमा सन्दीपले दुई विकेट लिए। नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराए।
उनले २७ बलमा २ चौका प्रहार गरे। त्यसै ओभरको अन्तिम बलमा सन्दीपले ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफ शेखबाट शून्यमा स्टम्पिङ आउट गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।