फाइल तस्बिर
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध तीन विकेट लिएका छन्।
२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको फिलिपिन्सले ११ ओभरमा ४ विकेट गुमाइसकेको छ।
फिलिपिन्सका कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा सन्दीपबाट क्याच गराए।
यता, नवौं ओभरमा सन्दीपले दुई विकेट लिए। नवौं ओभरको पहिलो बलमा ड्यानियल स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराए।
उनले २७ बलमा २ चौका प्रहार गरे। त्यसै ओभरको अन्तिम बलमा सन्दीपले ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफ शेखबाट शून्यमा स्टम्पिङ आउट गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।