काठमाडौं- कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा कीर्तिमानी साझेदारी गरेका छन्।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको कीर्तिमानी साझेदारी गरेका हुन्।
यसअघि पारस खड्का र आरिफ शेख १४५ रनको कीर्तिमान साझेदारी गरेका थिए। जसलाई कुशल र दीपेन्द्रले तोडेका छन्।
पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्धको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।