काठमाडौं- ओमानमा जारी आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
दीपेन्द्रले १७औं ओभरको पहिलो बलमा हेनरी टेलरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा जारी खेलमा दीपेन्द्रले ३७ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए।
खेलमा फिलिपिन्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। यही खेलमा नेपालका कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।