काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पुरा गरेका छन्।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा जारी दोस्रो खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन्।
कुशलले ३२ बलमा ५२ रन बनाए। उनले ९ चौका प्रहार गरे। टी२० आईमा उनको यो चौथौ अर्धशतक हो।
गत बैशाखमा घरेलु मैदानमा सम्पन्न नदेरल्याण्ड्, मलेसियासहितको त्रिदेशिय टी२० आई सिरिजमा डेब्यू गरेका उनले चार अर्धशतक बनाएका थिए।
नेदरल्याण्ड्सँगको पहिलो खेलमा उनले ६२, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्ड्सँगको दोस्रो खेलमा ६२ रन बनाएका थिए।
यस्तै, नेदरल्याण्ड्सँगको फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।