फाइल तस्बिर
काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा अहिले नेपालले फिलिपिन्सविरुद्व ब्याटिङ गरिरहेको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालले दोस्रो विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो।
उनले १० बलमा २ चौकासहित १२ रन बनाए।
घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा मल्ललाई मौका दिइएको थियोे। तर, उनले जमेर खेल्न सकेनन्।
उनलाई फिलिपिन्सका मिगे पोडोस्केले चौथो ओभरको दोस्रो बलमा मुजम्मिल साहादको हातबाट क्याच आउट भए। त्यसअघि दोस्रो ओभरमा आसिफ शेखले शून्य रनमै विकेट गुमाए।
फिलिपिन्सका ड्यानियल स्मीथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आसिफलाई गोल्डेन डकआउट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।