काठमाडौं– मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गतका खेलहरू गुमाउने भएका छन्।
हाल ओमानमा जारी शरदले चोटका कारण प्रतियोगितानै गुमाउने भएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले घुँडामा चोट बोकेका छन्। उनले प्रतियोगिता नै गुमाउने भएपछि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कुशल मल्ललाई मौका दिएका छन्।
कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मासमेत छन्। मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै छ।
नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।