फाइल तस्बिर
काठमाडौं- नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। नेपालले तीव्र गतिका बलर गुल्सन झा टी२० आईमा डेब्यू गर्ने भएका छन्। उनी कमलसिंह ऐरीको स्थानमा खेल्ने छन्।
यता, घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ।
फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो।
नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।