काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले शनिबार फिलिपिन्ससँग बिहान ११:४५ बजे खेल्न थाल्ने छ। नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।
नेपालले शुक्रबार पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो। नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ।
फिलिपिन्स पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबरमा टी–२० विश्वकप खेल्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।