काठमाडौं- हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको विकास नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । फागुन ८ गते आइतबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलब ५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।