• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालमा अमेरिका–चीन आमने सामने: एमसीसीलाई गिजोल्दा मुलुक संवेदनशील मोडमा 

64x64
बीपी अनमोल शुक्रबार, फागुन ६, २०७८  २०:४३
1140x725

काठमाडौं– नेपालमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यान्वयनको विषयलाई राजनीतिक दलहरुले हदैसम्म गिजोल्दाको परिणामका रुपमा मुलुकभित्र दुई शक्तिराष्ट्रको स्वार्थको टकराब हुने स्थिति देखापरेको छ। शुक्रबारसम्म विकसित घटनाक्रम हेर्दा एमसीसीलाई लिएर नेपालभित्रै अमेरिका–चीन आमनेसामने हुने स्थिति उत्पन्न भएको छ।

नेपालको आग्रहमा अमेरिकाले दिन लागेको ५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयलाई दलहरुले दाउपेचको विषय बनाएर हदैसम्म गिजोल्दा यस्तो स्थिति उत्पन्न भएको हो। यो अवस्थाले मुलुक डरलाग्दो भूराजनीतिक भूमरीमा पर्न सक्ने चिन्ता जानकारहरुले गर्नथालेका छन्। 

पाँचदलीय सत्तागठबन्धनकै घटकहरुबीच एमसीसी सम्झौतालाई अनुमोदन गराउने विषयमा तीव्र मतभेद जारी रहेको र प्रमुख प्रतिपक्षले त्यसलाई सत्तागठबन्धन फुटाउने दाउपेच बनाएका बेला अमेरिका स्वयं अप्रत्यासित रुपमा मुखर र आक्रामक भएर आएको छ। उसले एमसीसी सम्झौता कार्यान्वयनका लागि दलहरुमा मात्र होइन, सार्वजनिक रुपमै समेत दबाब बढाएको छ। शुक्रबार अमेरिका र चीन दुबैले एमसीसी सम्झौतालाई लिएर औपचारिक वक्तव्यवाजी गरेपछि नेपाल थप समस्यामा पर्ने प्रष्ट संकेत देखापरेका छन्। काठमाडौंमा अमेरिकी राजदूतले एमसीसीको विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार नगर्ने चेतावनी दिइरहँदा बेइजिंगमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाको प्रतिरोध गरिने धम्की दिएका छन्।

के होला दुई शक्तिराष्ट्रको टकराब निम्तिँदा?
सरकारको नेतृत्व गरेको दल, नेपाली कांग्रेसले मात्र एमसीसी सम्झौता यथासक्य चाँडै संसद्‌बाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको छ। तर, साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्ष परिमार्जनविना एमसीसी सम्झौता अनुमोदन र कार्यान्वयन नगर्ने अडानमा देखिएका छन्। गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चा त सम्झौता खारेजीको मागसहित आन्दोलनमै छ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले भने यसमा गठबन्धन प्रष्ट हुनुपर्ने तर्क गर्दै मुख खोलिरहेको छैन। एमाले एमसीसीकै कारण सत्तागठबन्धन फुटाउन सकिने दिन पर्खेर बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १६ भित्र संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन गराउने तयारी गरे पनि सत्तागठबन्धनमा सहमति नजुट्दा अघि बढ्न सकेका छैनन्। उनले यसको विकल्पमा प्रमुख प्रतिपक्ष एमालेसँग संवाद अघि बढाइरहेका छन्, तर त्यो पनि सार्थक हुन सकेको छैन।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतारिसकेका छन्। अरु साना राजनीतिक दलदेखि कतिपय गैरदलीय संग्ठनहरु पनि सडकमा उत्रिएका छन्। तर, यो परिस्थिति मुलतः प्रमुख दलहरुले निम्त्याएका हुन्। एमसीसी सम्झौताको छिनोफानो समयमै संसद्‌बाट गर्नुसाटो उनीहरुले यसलाई सदनबाहिर गिजोल्न उद्यत भए। जानकारहरु अहिले त्यसकै कारण मुलुक दुई शक्तिराष्ट्र (अमेरिका र चीन)को स्वार्थको टकराब निम्तिने ठाउँमा आइपुगेको बताउँछन्। एक पूर्वकुटनीतिज्ञले भने, ‘हामी आफ्नै हर्कतले भूराजनीतिक भूमरीमा परिसक्यौं।’

अमेरिकाले एमसीसी सम्झौता अनुमोदनका लागि राजनीतिक दलका नेताहरूमाथि नै दबाब बढाएको छ। केही दिन अघिमात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन वार्ता गरेका थिए। त्यसक्रममा लुले फेबु्रअरी २८ (फागुन १६) सम्ममा एमसीसी सम्झौतालाई अनुमोदन गर्नुपर्ने डेडलाइन सम्झाउँदै अनुमोदन नगरे अमेरिकाको नेपालसँगको सम्बन्धमै पुनरावलोकन हुनसक्ने चेतावनी दिएको नेताहरुले नै सार्वजनिक गरिसकेका छन्। 

अमेरिकी सहायक विदेशमन्त्रीको अभिव्यक्तिपछि नेपालमा एमसीसीको विरोध थप चर्किएको हो। यद्यपि, नेपालस्थित अमेरिकी दूतावासले भने सहायक विदेशमन्त्रीले कुनै चेतावनी नदिएको स्पष्टीकरण दिएको थियो। 

nimb
nimb

लुले एमसीसी अनुमोदन गर्न ढिलाइ हुनुको पछाडि चीनको हात रहेको जिकिर गर्दै आएका छन्। उनले शीर्षनेताहरुसँग पनि त्यही कुरा गरेका थिए। 

अमेरिकाले यस्तो आरोप लगाइरहँदा शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वनपिनले एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमाथि ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको टिप्पणी छन्। उनले घुमाउरो भाषामा त्यसको चीनले प्रतिरोध गर्नेसमेत उल्लेख गरेका छन्। ‘चीनले नेपाललाई सहयोग गर्ने, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायको कदमलाई स्वागत गर्छ। तर, यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए। 

नेपाल मामिला जोडेर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको अमेरिकालक्ष्यित यस्तो टिप्पणी आउनु गम्भीर संकेत भएको भूराजनीतिका जानकारहरु बताउँछन्। कुटनीतिक मामिलाका जानकार उद्धव प्याकुरेलले सुरुमा भएको सम्झौतालाई सहज रुपमा कार्यान्वयन गरेर लैजानुपर्नेमा अघिल्लो सरकारले संसद्‌बाट अनुमोदन गराउने प्रावधान राखेदेखि नै सम्झौता गिजोलिन थालेको बताउँछन्। एमसीसीलाई लिएर नेपालमा अमेरिका र चीन पक्ष र विपक्षमा उभिनु आफैमा अनौठो र अस्वाभाविक नभएको उनको टिप्पणी छ। ‘शत्रुतापूर्ण सम्बन्ध भएका दुई शक्ति राष्ट्र एउटाले जित्न र अर्कोले हराउन खोजिहाल्छ। एमसीसीको बारेमा अमेरिका र चीन पक्ष विपक्षमा उभिनु आफैमा अनौठो विषय होइन, स्वाभाविक हो,’ उनी भन्छन्, ‘तर, उनीहरुको रणनीतिमा नेपालका नेताहरु नाच्न खोज्नु अस्वाभाविक हो। यो अवस्था आउन सक्ने हेक्का नराख्नु अस्वाभाविक हो। वैमनश्यपूर्ण सम्बन्ध भएका दुई शक्तिराष्ट्रको छायाँँ नेपालमा देखिन हुँदैनथ्यो, तर त्यही भयो।’

उनले संयमतापूर्वक र पारदर्शी तरिकाले, दुबै देशसँगको सम्बन्धलाई महत्व दिएर अगाडि बढ्नु नेपालको वाध्यता भएको बताए। ‘कसैलाई नचिढाइकन साथमा लिएर अगाडि बढ्नपर्छ भनेर नेपाली नेतृत्वले जान्नुपर्ने थियो तर, त्यस्तो भएन। हाम्रो नेतृत्वका कारणले दुर्भाग्यपूर्ण अवस्था आयो,’ उनले भने, ‘चीनको पक्षमा लागेर अमेरिकाको विरोध गर्ने एकथरी र अमेरिकाको नजिक हुनलाई सम्झौता गिजोल्ने अर्काथरीका कारण हामी यो अवस्थामा पुग्यौं।’

नेपालमा एमसीसीको विरोधमा प्रदर्शन भइरहँदा अमेरिकी राजदूत रेन्डी बेरीले शुक्रबार अर्को अभिव्यक्ति दिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाई आइरहेकै समयमा उनको अभिव्यक्ति सामाजिक सञ्जालमा आएको थियो जसमा उनले एमसीसीको विरोधका नाममा हिंसा भड्काउने गतिविधि आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्। फेसबुकमार्फत् आएको उनको अभिव्यक्तिमा आफूहरू वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक रहेको उल्लेख छ।

‘एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ’, उनले भनेका छन्, ‘तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

भूराजनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्ले चीनको पछिल्लो अभिव्यक्तिलाई द्विपक्षीय परियोजनामा तेस्रो पक्षको टिप्पणी भन्छन्। त्यस्तो टिप्पणी नेपालका लागि राम्रो नभएको उनको बुझाई छ। ‘यस्तो अवस्था नेपालले धान्न सक्दैन। एमसीसी कम्प्याक्टलाई लिएर नेपाल र अमेरिकाबीच कुनै समस्या छन् भने द्विपक्षीय संयन्त्रमार्फत छलफल गरी समाधान गर्नुपर्छ,’ उनले भने, ‘नेपाल र कुनै पनि देशबीचको आयोजनामा पनि यो लागू हुन्छ। चीन, भारतसहितकोमा पनि लागू हुन्छ। अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको साखलाई थप हानी पु¥याउनुअघि गठबन्धन दलहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

नेपालले कुनै खास देश वा विचारधाराको पक्ष लिइरहेको छ भन्ने सन्देश नेपाल र नेपाली जनताको पक्षमा नहुने उनले बताए। ‘अमेरिका र चीनबीच कुनै न कुनै प्रकारको प्रतिद्वन्द्वीता हुन सक्छ। तर, नेपाललाई कुनै पनि किसिमको रणनीतिक, भूराजनीतिक र कूटनीतिक विजय वा पराजयमा तान्न हुँदैन,’ उनी भन्छन्, ‘बरु नेपालले महाशक्ति अमेरिका र उदाउँदो महाशक्ति चीनलाई नेपालको हितमा प्रयोग गर्नुपर्छ। जसले गर्दा नेपालको विकासको पक्षमा उनीहरुको सहयोग लिन सकियोस्, उनीहरुको प्रतिद्वन्द्वीताबाट जोगिन पनि सकियोस्। सरकारले यसमा बुद्धिमानी निर्णय लिनुपर्छ।’

२०७४ भदौ २९ गते अमेरिकाको वाशिङ्गटनमा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो। तत्कालीन अर्थमन्त्री (हाल सञ्चार) ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा नै एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान चाहेको थियो। तर, तत्कालीन नेकपाभित्र नै यस विषयमा विवाद भएपछि प्रक्रिया अघि बढ्न सकेन। 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्