काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
जित दिलाउन ब्याटिङमा आरिफले नेपालबाट सर्वाधिक रनको योगदान दिएका थिए। उनले ३७ बलमा २ चौकासहित ३८ रन बनाए। जुन रन नेपालको जितमा पर्याप्त आधार बन्यो।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अलआउट भयो। ओमानका विकेटकिपर नसिम शुखीले सर्वाधिक २४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।