काठमाडौं- नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल जिततर्फ अगाडि बढेको छ।
अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याइरहेको ओमानले आठौं विकेट गुमाएको हो।
ओमानका लागि नसिम खुशीले सर्वाधिक २४ रन बनाएर आउट भए। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यता, जितेन्दर सिंह र अमिर कालिमले ९/९, खवार अलीले ७, आयान खानले ३, कप्तान जिशान मकसुदले २ रन बनाउँदा काश्यप प्रजापती शून्य रनमा आउट भए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिएका छन्। यता, कमलसिंह ऐरी, अभिनाष बोहोरा र जितेन्द्र मुखियाले समान १/१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।