काठमाडौं- नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ।
अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याइरहेको ओमानले छैटौं विकेट गुमाएको हो।
ओमानका लागि जितेन्द्र सिंहले ९, खवार खलीले ७ र आयान खानले ३ रन बनाउँदा कप्तान जिशान मकसुदले २ रन बनाए।
यता, काश्यप प्रजापती शून्य रनमा आउट भए।
नेपालका लागि कमलसिंह ऐरी, सन्दीप लामिछाने, अभिनाष बोहोरा, जितेन्द्र मुखियाले समान १/१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।