काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ विकेटको रूपमा युवा ब्याट्सम्यान लोकेश बमलाई गुमाएको हो।
खराब सुरूआतका बाबजुद इनिङ्स सम्हाल्न आएका लोकेशले १७ बलमा १ छक्कासहित १६ रन बनाए। उनलाई खवार अलीले १३औं ओभरको दोस्रो बलमा क्याच आउट गराए।
त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरी ११ रन बनाएर आउट भए। १८ बलमा १ चौका प्रहार गरेका उनलाई जिसन मकसुदले आठौं ओभरको तेस्रो बलमा अगाडि बढेर खेल्ने क्रममा आउट गरेका थिए।
यता, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए। १५ बलमा २ चौका प्रहार गरेका उनलाई फयाज बटलले छैटौं ओभरको अन्तिम बलमा आउट गरे।
त्यसअघि नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमाएको थियो। ८ बलमा १ चौकनसहित ५ रन बनाएका कुशललाई ओमानका बिलाल खानले धरापमा पारेका हुन्।
उनले आफ्नो दोस्रो ओभरमा कुशलको विकेट लिए। उनले नै कुशलको ओपनिङ जोडी आसिफ शेखको विकेट लिएका थिए। ५ बल खेलेका आसिफ १ चौका प्रहार गरेर आउट भए। ओमानका बिलाले पहिलो ओभरमै आसिफको विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।