फाइल तस्बिर।
काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरूआतलाई निरन्तरता दिएको छ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले चौंथो विकेट पनि गुमाएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए। १८ बलमा १ चौका प्रहार गरेका उनलाई जिसन मकसुदले आठौं ओभरको तेस्रो बलमा अगाडि बढेर खेल्ने क्रममा आउट गरे।
त्यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भएका थिए। १५ बलमा २ चौका प्रहार गरेका उनलाई फयाज बटलले छैटौं ओभरको अन्तिम बलमा आउट गरे।
त्यसअघि नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमाएको थियो। ८ बलमा १ चौकनसहित ५ रन बनाएका कुशललाई ओमानका बिलाल खानले धरापमा पारेका हुन्।
उनले आफ्नो दोस्रो ओभरमा कुशलको विकेट लिए। उनले नै कुशलको ओपनिङ जोडी आसिफ शेखको विकेट लिएका थिए।
५ बल खेलेका आसिफ १ चौका प्रहार गरेर आउट भए। ओमानका बिलाले पहिलो ओभरमै आसिफको विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।