काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरूआतलाई निरन्तरता दिएको छ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमाएको हो।
८ बलमा १ चौकासहित ५ रन बनाएका कुशललाई ओमानका बिलाल खानले धरापमा पारेका हुन्।
उनले आफ्नो दोस्रो ओभरमा कुशलको विकेट लिए। उनले नै कुशलको ओपनिङ जोडी आसिफ शेखको विकेट लिएका थिए।
५ बल खेलेका आसिफ सेख १ चौका प्रहार गरेर आउट भए। ओमानका बिलाले पहिलो ओभरमै आसिफको विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।