काठमाडौ– कलंकीस्थित ढुंगेअड्डामा शंकास्पद वस्तु भेटिएको छ। सडक पेटीमा कुकर बमजस्तै वस्तु भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। नेपाली सेनाको टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ।
कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शकास्पद वस्तु भेटिएपछि यातायात अवरुद्ध भएको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।