काठमाडौं– करिब ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका एक अभियुक्त धराैटीमा छुटेका छन्।
काठमाडाैकाे गाैशालाबाट पक्राउ गरी माेरङ जिल्ला अदालत पेश गरिएका मोरङको उर्लाबारी नगरपालिकाका ३९ वर्षीय सन्दीप खड्का धराैटीमा रिहा भएका हुन्।
जिल्ला अदालत मोरङले खड्कालाई बिहीबार दुई लाख रूपैयाँ धरौटी माग गरेकाे थियाे। अदालतले ताेकेकाे धराैटी रकम बुझाएर उनी रिहा भएकाे सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
खड्कालाई जिल्ला न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले धरौटीमा छाड्न आदेश गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।