काठमाडौं– न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा संकटा क्लबलाई १–० ले पराजित गर्दै एनआरटी पाँचौ स्थानमा उक्लिएको हो। एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
उनले २८औं मिनेटमा सरोज तामाङको लामो पासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए।
जारी लिगमा एनआरटीको यो चौंथो जित हो। ११ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको एनआरटीले संकटा र सातदोबाटो युथ क्लबलाई पछि पारेको छ।
यता, लिगमा दोस्रो हार व्यहोरेको संकटा ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।