काठमाडौं- जारी च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ।
बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो र मोहम्मद सलाहले एक/एक गोल गरे।
दोस्रो हाफको ७५ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए भने ८३ औं मिनेटमा सलाहले गोललाई २-० को अवस्थामा पुर्याएका थिए। इन्टर र लिभरपुलबीचको दोस्रो लेग खेल अब एनफिल्डमा ८ मार्चमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।