काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुईवटा खेलहरु हुँदैछन्। दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछन्।
एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ। एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
मनाङ १० खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ।एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ।
लिगको उपाधि मछिन्द्रले जितिसकेका कारण मनाङ दोस्रो स्थानमा रहन कोशिश गर्नेछ भने एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ।
अर्को खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने एनआरटी समान खेलबाट खेलमा १४ अंकसहित सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।