काठमाडौं- अस्ट्रेलियाली ब्याटर ग्लेन म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आईपीएल)को सुरुआती खेल गुमाउने भएका छन्।
यस सिजन रोयल च्यालेन्जर्स बैंग्लोरले उनलाई कप्तानको जिम्मेवारी दिने तयारी गरेको छ। म्याक्सवेलले गत नोभेम्बरमा भएको टी–२० विश्वकपपछि मार्चको अन्त्यमा आफ्नो विवाहका कारण पाकिस्तान भ्रमण नगर्ने बताएका थिए।
तर, आईपीएल सिजनको प्रारम्भिक सुरुआतलाई हेर्दा डेभिड वार्नर, मिचेल मार्स, प्याट कमिन्स, मार्कस स्टोइनिस, जोस हेजलवुड, म्याथ्यू वेड र ड्यानियल साम्स पाकिस्तानमा अस्ट्रेलियाली राष्ट्रिय टोलीसँग हुने भएको कारण अनुपलब्ध हुने सम्भावना छ। पाकिस्तान- अस्ट्रेलियाले अप्रिल ५ मा अन्तिम टी–२० सिरिज खेल्ने तय छ।
विवाहका कारण म्याक्सवेल अझै मेलबर्नमै रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।