• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११६ दिनदेखि अवरुद्ध प्रतिनिधि सभा : ५७ दिनपछि बसेको बैठक पनि चलेन [टाइमलाइन]

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १६:५०
1140x725

काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठक पनि नेकपा एमालेले अवरोध गरेको छ। ५७ दिनपछि बसेको प्रतिनिधि सभाको बैठक १० मिनेटमै स्थगित भएको हो।

बुधबारको बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले नाराबाजी गर्दै वेल घेराउ गर्न अघि बढेका थिए। उनीहरुले उभिएर केही बेर नाराबाजी गरेपछि सभामुखले सदनको महत्त्व सुनाएका थिए।

'अवरोधबाट सभाको गतिशीलतामा असर परेको छ। आम नागरिकका दैनिक समस्याहरु, जनप्रतिनिधिले सदनमार्फत सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्‌प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरुसमेत अवरोधका कारण प्रभावित हुन पुगेकोले आफ्नो भूमिकाप्रति संवेदनशील हुन, अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई अनुरोध गर्दछु', उनले भनेका थिए।

सभामुख सापकोटाको मन्तव्यलाई अवरोधकर्ता एमालेका सांसद्हरुले बेवास्ता गरिरहे। त्यसपछि उनले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूलाई थारु आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए। त्यसपछि उनले पूर्वसांसद्हरुको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे। र पारित पनि भयो।

प्रतिनिधि सभाको चालु दशौं अधिवेशन मंसिर २८ गतेदेखि सुरु भएको हो। यसबीचमा सभाको बैठक केवल तीन पटक मात्रै बसेको छ। मंसिर २८, पुस ६ र पुस ७ गते बसेको बैठक बीचमा पटकपटक स्थगित हुँदै आएर बुधबार बसेको हो। तर, यसबीचमा संसद् अवरोधलाई अन्त्य गर्ने कुनै सहमति जुटेन।

सभामुख सापकोटादेखि प्रधानमन्त्री देउवासम्मले आह्वान गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्दै आएको छ।

बुधबार त उसले कार्यव्यवस्था परामर्श समिति बैठक समेत बहिस्कार गर्योक। उसले अघिल्लो अधिवेशनदेखि कायम राखेको आफ्नो माग र नाराहरुलाई अद्यापि दोहोर्याैइरहेको छ।

प्रतिनिधि सभाको नवौं अधवेशन  भदौ २८ मा सुरु भएको थियो। सो अधिवेशन कात्तिक १२ गते स्थगित भएको थियो।

nimb
nimb

सो अधिवेशनमा प्रतिनिधि सभाका बैठकहरु असोज ४ (छैटौं), असोज ७ (सातौं), असोज ११ (आठौं), असोज १४ (नवौं), असोज १९ (दशौं), असोज २२ (एघारौं), असोज २५ (बाह्रौं) र कात्तिक ११ (तेह्रौं) मा बसेका थिए। कात्तिक ११ मा बसेको बैठक कात्तिक २९ गतेका लागि स्थगित भएको थियो। तर कात्तिक ११ मै बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १२ गतेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।  

यसरी भदौ २८ देखि कात्तिक ११ गतेसम्म गरी ५१ दिनका १३ बैठकभर एमालेले अवरोध गरेको थियो।

नवौं अधिवेशनको सुरुवातमा आक्रामक भएको एमालेका सांसद्हरु विवादित पनि बनेका थिए। मर्यादापालकको ढाडमा चलेर रोस्ट्रममा पुग्न खोज्ने, माइक हान्न खोज्ने जस्ता व्यवहारको आलोचना हुन थालेपछि उनीहरुले लिखित रुपमा तयार गरेका नाराहरु मात्रै दोहोर्याएएका थिए।

उनीहरुको नारा थियो- 'पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, गैरसांसद्लाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर।'

उनीहरुको मागहरु अहिले पनि तिनै छन्। तर, अधिवेशन सञ्चालन भएका दिनहरु मात्रै जोड्दा नवौं अधिवेशनमा ५१ र दशौं अधिवेशनका ६५ गरी ११६ दिनसम्म प्रतिनिधि सभा बैठक अवरोध भइसकेको छ।

त्यसो त, सिंगो अधिवेशनभर संसद् अवरोध गर्ने एमालेको रेकर्ड २०५७ सालमै बनेको हो। सो वर्ष माघ २६ देखि चैत २३ गतेसम्म ५७ दिनसम्म चलेको अधिवेशन एमालेको नेतृत्वमा भएको अवरोधले निरर्थक भएको थियो।

मुख्यगरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर गरिएको अवरोधले कुनै परिणाम ल्याएन, बरु संसदीय इतिहासको एउटा बदनाम कालखण्डको रुपमा चित्रित भएर बसेको छ।

संसद् अवरोध गरिएको दिनको आधारमा एमालेले वर्षौंपछि आफ्नै रेकर्ड तोडेको छ। कुनै राजनीतिक चमत्कार नभएको स्थितिमा एमालेले यसपटक राखेका मागहरु पनि पूरा हुने देखिँदैन। परिणामतः दुईवटा सिंगो अधिवेशनभर अवरोध गरेको नयाँ रेकर्ड पनि बन्ने छ।

यो पनि पढ्नुहोस्

 

एमाले आफैंले सम्झाइरहेको ५७ दिन लामो त्यो संसद् अवरोध 

यो पनि पढ्नुहोस्

 

५७ साल भाग दुई: अन्त्य हुँदै निरन्तर अवरोध झेलेको संसद् अधिवेशन


०००
कसरी बित्दैछन् दशौं अधिवेशनका दिनहरु?

मंसिर २८ गते (दिउँसो २ बजे)- प्रतिनिधि सभाको दशौं अधिवेशन प्रारम्भ। बैठक बस्यो। अर्को बैठक ६ गते बस्ने गरी स्थगित।

पुस ६ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक पुस ७ गते (दिउँसो १ बजे) बस्ने गरी स्थगित।

पुस ७ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक पुस १८ गते (दिउँसो १ बजे) बस्ने गरी स्थगित।

पुस १८ गते (दिउँसो १ बजे)- 'विशेष कारणवश' सूचना टाँसेर बैठक स्थगित। सोही दिन सूचना टाँस गरी अर्को बैठक पुस २२ गते (दिउँसो १ बजे) लाई तोकिएको।

पुस २२ गते (दिउँसो १ बजे)- 'विशेष कारणवश' बैठक स्थगित। पुस २१ गते सूचना टाँस गरेर पुस २८ गते (दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको।

पुस २८ गते (दिउँसो १ बजे)- स्थगित। पुस २६ गते सूचना टाँस गरेर माघ ३ गते (दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको हो।

माघ ३ गते (दिउँसो १ बजे)- 'कोभिड-१९ को बढ्दो संक्रमणको कारण' बैठक स्थगित। अर्को बैठक माघ १६ गते (दिउँसो १ बजे) बस्ने। माघ २ गते सूचना टाँस गरेर जानकारी गराइएको।

माघ १६ (दिउँसो १ बजे)- 'कोभिड-१९ को संक्रमणको जोखिम यथावत् रहेको कारण' बैठक स्थगित। माघ १५ गते सूचना टाँस गरेर अर्को बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको। 

माघ २६ गते (दिउँसो १ बजे)- 'विशेष कारणले' बैठक बस्न नसक्ने भएकाले स्थगित। माघ २५ गते सूचना टाँस गरेर फागुन २ गते (दिउँसो १ बजे)  सम्मका लागि स्थगित गरिएको।

फागुन २ गते (दिउँसो १ बजे)- अर्को बैठक फागुन ४ गते बस्ने गरी स्थगित।

फागुन ४ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक फागुन ६ गते (दिउँसो १ बजे) सम्मलाई स्थगित।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्