काठमाडौं– अस्ट्रेलियामा रहेकी नेपाली युवतीको नाममा नक्कली फेसबूक आईडी बनाइ अश्लील तस्बिर तथा भिडियो पोस्ट १ जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरका २५ वर्षीय एलिस भनिने राजन श्रेष्ठ छन्। श्रेष्ठलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।
ब्यूरोका अनुसार अध्ययनका लागि अस्ट्रेलियामा रहेकी युवतीको नक्कली फेसबूक आईडी बनाएर श्रेष्ठले उक्त आईडीबाट अश्लील तस्बिर तथा भिडियो शेयर गर्ने गरेका थिए।
श्रेष्ठले युवतीका आफन्त तथा चिनेजानेकाहरुलाई अश्लील तस्बिर तथा भिडियो पठाएर चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।