काठमाडौं- सरकारले एमसीसी टेबल गर्न लागेको भन्दै संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ।
एमसीसीकी विरोधमा सत्तारुढ दलका भ्रातृ संगठन र अन्य समूहहरुले गरेको प्रदर्शनका कारण तनावग्रस्त बनेको हो।
एमसीसी सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले अवरोध गरेको हो। प्रदर्शनकारीहरुलाई प्रहरीले माइकिङ गर्दै हस्तक्षप गरेको छ।
प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा नाराबाजी पनि जारी राखेका छन्। उनीहरुले एमसीसी नचाहिने भन्दै प्रदर्शन गरिरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।