काठमाडौं– नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक आकाश सेढाईं पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सेढाईंलाई मंगलबार भक्तपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका सेढाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।
झापाको बिर्तामोड नगरपालिका–४ घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय सेढाईंले प्रयांकको नाममा मान्छेहरुलाई हैरानी दिएको प्रहरीले जनाएको छ।
सार्वजनिक स्थलहरुमा मजाक, ख्याल ठट्टा, मस्करी गरी शारीरिक तथा मानसिक यातना दिने र त्यसको गोप्य भिडियो बनाई युट्युबमा अपलोड गरेको आरोप उनीमाथि लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।