काठमाडौं– युरेनियम कारोबार गरेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। सुरुमा ६ जना पक्राउ गरेर अनुसन्धान गरेको प्रहरी टोलीले थप दुई जना पक्राउ गर्दै आठ जनालाई सार्वजनिक गरेको हो।
प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय भुपेन्द्र खड्का, हेलम्बु–४ का ४० वर्षीय राामकृष्ण लामिछाने, ललितपुरका ६० वर्षीय नवराज महत, सिरहाको लक्ष्मीपुर गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल दास, सिरहाकै वरियापट्टी गाउँपालिका–१ का ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरीका ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारतको बिहारका ६३ वर्षीय उपेन्द्रकुमार मि? र भारतकै ४४ वर्षीय राजु ठाकुर छन्। पक्राउ परेकामध्ये महत नेपाली कांग्रेस ललितपुरका नेता हुन्।
उनीहरुलाई हायात रेजेन्सी होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। ३ किलो युरेनियम जस्तो पदार्थ कारोबार गरेको आशंका उनीहरुलाई पक्राउ गरिएको हो। यद्यपि, बरामद पदार्थ युरेनियम भए/नभएको पुष्टि भइसकेको छैन। बरामद पदार्थ जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ।
ह्यायत रिजेन्सी होटलमा कार पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई प्रहरीले पक्राउ गरेको।
बरामद गरिएको कार र मोटरसाइकल।
सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बेच्न लागेको बताएको प्रहरीको दाबी छ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन )ऐन अन्तर्गतको कसूरमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।