काठमाडौं– गत माघ १३ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकाहरुको विवरण अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन।
घटना अनुसन्धानकै क्रममा रहेका यस घटनाबारे अहिले केही पनि बताउन नमिल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको भनाइ छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडि मोटरसाइकल र स्कुटरमा आएको एक समूहले गिरी सवार गाडीमा ढुंगामुढा गरेको थियो।
गिरी सवार प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो। उनीमाथि ढुंगामुढा प्रहार गर्नुको कारण खुलिसकेको छैन। यद्यपि, एमबिबिएस अध्यननको अतिरिक्त शुल्कलगायत विषयमा विद्यार्थी आन्दोदनरत थिए। सोही कारण उनीमाथि आक्रमणको प्रयास भएको हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।