काठमाडौं– अन्तिम समयमा भएको आत्मघाती गोलका कारण एथ्लेटिको बिल्वाओ पराजित भएको छ। स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलअन्तरले पारजित भएको हो।
घरेलु मैदानमा मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले गोल गर्दा एक गोल उपहार पाएको थियो। बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोलका थिए।
खेलको २२औं मिनेटमा साल्भा सेभिल्लाको पेनाल्टी गोलबाट मलोर्काले सुरुवाती अग्रता लिएको थियो। ३०औं मिनेटमा एन्जल रोड्रिग्वजले गोल गरेपछि मलोर्का पहिलो हाफमा २–० ले अघि बढेको थियो।
दोस्रो हाफमा दई मिनेटको अन्तरमा दुई गोल गर्दै बिल्वाओ खेलमा फर्किएको थियो। खेलको ५९औं मिनेटमा राहुल गार्सियाले तथा ६१औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए।
निर्धारित समयको खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गर्न पुगेपछि बिल्वाओले हार बेहोर्न पुग्यो।
हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ। मलोर्का २३ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।