काठमाडौं– प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन्।
उनीहरुका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।