काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कायममुकाय (कामु) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमलप्रसाद तिउसीनालाई दिइएको छ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मन्दीप श्रेष्ठको पदावधिका कारण अनिवार्य अवकाश पाएकाले एसएसपी तिउसिनालाई जिम्मेवारी दिइएको हो।
प्रवक्ता तिउसिनाले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने सशस्त्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।