फाइल तस्बिर
काठमाडौँ– चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको नेपालले १२८ रनको लक्ष्य पाएको छ। टेस्ट मान्यता प्राप्त आयरल्यान्डले नेपाली बलरविरुद्ध पूरा ओभर खेले पनि १२७ रनमा अलआउट भएको थियो।
नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। चार ओभर बलिङ गरेका उनले त्यस क्रममा २१ रन खर्चिएका थिए। उनले दुई वटा क्याच पनि लिए।
नेपालले सुरुको ओभरदेखि नै आयरल्यान्डलाई दबाबमा राखेको थियो। पहिलो ओभरमा नै कमलसिंह ऐरीले पउल स्टर्लिङको विकेट लिएका थिए। दीपेन्द्र र कमलबाहेक अबिनास बोहोराले दुई र जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक एक विकेट लिए। एक जना रन आउट भएका थिए।
आयरल्यान्डका तर्फबाट जर्ज डोक्रेलले सर्वाधिक २८ रन बनाए। नेपालले केही बेरमा ब्याटिङ गर्नेछ। नेपालका तर्फबाट आज कुशल भुर्तेललाई पनि खेलाइएको छ। कुशल र आशिफ सेखले नै ओपनिङ गर्नसक्ने छन्। नेपालले चार देशीय श्रृङ्खला जित्न १३.३ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।